
काठमाडौं, २० मंसिर । प्युठानमा बिवाहको भोज खाएर ४६ जना जन्ती बिरामी परेका छन् ।
१७ गते प्युठान नगरपालिका–६ गुरुङ गाउँका मेघराज गुरुङको विवाहमा ५४ जना जन्ती पाल्पा गएर १८ गते फर्किएपछि ४६ जना बिरामी परेका हुन् ।
बिवाह भोज खाएपछि उनीहरु बिरामी परेका हुन् । बिरामी पर्ने सबै प्युठान नगरपालिका–६ माझकोटका रहेका छन् । उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएको छ ।
उनीहरुलाई उपचारका लागि सोमबार भर्ना गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।















प्रतिक्रिया