शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कस्तो रहन्छ आजको मौसम ?

दैनिक नेपाल २०७९ मंसिर १९ गते ६:२२

काठमाडौं, १९ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ को पहाडी भू-भागमा तथा उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमः

२०७९ मंसिर १९ गते  (सोमबार)

 दिउँसो: प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 रातीप्रदेश १ र गण्डकी प्रदेशको  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी  २४  घण्टाका लागि चेतावनी तथा परामर्श:

तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित