बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोइला खानी विस्फोट हुँदा ६ श्रमिकको मृत्यु

दैनिक नेपाल २०७९ मंसिर १९ गते ६:०८

इस्लामावाद, १९ मंसिर । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो ।

शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र छ जना श्रमिकले काम गरिरहेका बेला खानीमा विस्फोट हुँदा कोइलाको केही भाग भत्किएको बताइएको छ ।

अधिकारीहरूका अनुसार खानीभित्र करिब एक हजार ५०० फिट गहिराइमा ग्यास विष्फोट भएपछि आगलागी भएको र श्रमिकहरू खानीमा फसेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रका कामदार र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए ।

पाकिस्तानमा रहेका कोइला कम्पनीहरूले आवश्यक सावधानीसहित खानी सञ्चालन नगर्दा बर्षेनी सयौँ मजदूरको दुर्घटनामा मृत्यु हुने गरेका छ । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित