बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सेनेगललाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा

दैनिक नेपाल २०७९ मंसिर १९ गते ६:०३

काठमाण्डौं, १९ मंसिर । इंग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अल बयात रङ्गशालामा भएको खेलमा इंग्ल्याण्डले सेनेगललाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्याण्डका लागि खेलको ३८औं मिनेटमा जोर्डान हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हेरी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औं मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इंग्ल्याण्डलाई तीन गोलको अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इंग्ल्याण्डले ३-० ले जित्यो ।

इंग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित