१ कार्तिक २०८३, आइतबार

क्यामरुनसँग पराजित ब्राजिल नकआउट चरणमा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । कतार विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिल पराजित भएको छ ।

समूह जी को खेलमा क्यामरुनले ब्राजिललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको इन्जुरी समयमा क्यामरुनका लागि भिन्सेन्ट अबोउबाकारले गोल गर्दै क्यामरुनलाई जीत दिलाए ।

क्यामरुनसँग पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । तर ब्राजिललाई हराएको क्यामरुन ३ खेलमा ४ अंक जोड्दै समूह चरणबाटै बाहिरिएको छ ।