बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआईसी एशिया बैंकले ल्यायो ३०० जनाका लागि ‘विश्वकप २०२२’ विशेष योजना

दैनिक नेपाल २०७९ मंसिर १६ गते २०:३३

काठमाडौं, १६ मंसिर । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ नाराका साथ बैंकिङ सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकले ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर बैंकले यो योजना अगाडि सारेको हो ।

योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग ‘एनआईसी एशिया मो–बैंक’ एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबलपे्रमी ग्राहकमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै, योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा नि:शुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने छ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भइसकेको ‘एनआईसी एशिया मो–बैंक’ एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिकासहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्ने छन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाईप्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित