
काठमाडौं, १६ मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नरहेको बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले शुक्रबार आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा थपलियाले अब नयाँ कानूनद्वारा निर्वाचनको व्यवस्थापन गर्ने तयारीमा आयोग जुटेको समेत बताएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभासम्बन्धी कानुन एकै ठाउँमा राखेर बनाउने उनको भनाई छ । उनले स्थानीय निर्वाचनको अनुभवलाई दृष्टिगत गर्दै अहिलेको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा नै अनुगमन समिति बनाइएको र प्रभावकारी पाइएको दाबी गरेका छन् ।
नेपालमा अहिलेको निर्वाचनले दलहरू र उम्मेदवारमा उच्च राजनीतिक संस्कार विकास भएको र यसलाई आगामी दिनमा स्थापित गर्नुपर्ने उनको भनाइ छ । थपलियाले निर्वाचनमा राजनीतिक दलहरु समावेशीको मुद्दामा भने कमजोर देखिएको र आगामी दिनमा समावेशीताको विषयलाई ध्यान दिन आवश्यक रहेको बताए ।
उनले निर्वाचन आयोगको नेतृत्वमा निर्वाचन भए पनि सबै सरोकारवालाहरुको सहयोगबाट नै निर्वाचन सफलताका साथ सम्पन्न भएको उल्लेख गरे ।















प्रतिक्रिया