
काठमाडौं, १६ मंसिर । काठमाडौँको बबरमहलमा आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्यधिक धूँवा फाल्ने ३८ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।
अत्यधिक धूँवा फाल्ने १३ ओटा र यान्त्रिक अवस्था ठिक नभएका तथा धूँवा समेत फाल्ने २५ ओटा सवारी साधन कारवाही परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार यातायात व्यवस्था विभाग मिनभवन, वातावरण विभाग सिंहदरवार तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटेको टोलीले आज बिहान बबरमहलमा ५४ वटा सवारी साधनलाई चेक गर्दा ३८ ओटा कारवाहीमा परेको हो ।
सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उनले बताए ।















प्रतिक्रिया