१ कार्तिक २०८३, आइतबार

स्मार्टच्वाइस टेक्नोलोजिज र शुलभ–पेबीच भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (ससीटी) र शुलभ–पे (एन क्याश वालेट) बीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

काठमाडौंमा बुधबार आयोजित एक विशेष कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र शुलभ–पे का तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय शुलभ–पेबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सम्झौतापछि शुलभ–पे प्रयोगकर्ताले शुलभ–पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्क्तानी गर्न सक्नेछन भने शुलभ–पेमार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् ।