शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अविनाश र रचनाको ‘जानी नजानी’मा रञ्जित र धनमायाको प्रेम

दैनिक नेपाल २०७९ मंसिर १५ गते २१:०३

काठमाडौं, १५ मंसिर । गायक अविनाश थापामगर र गायिका रचना रिमालको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘जानी नजानी माया गरेनी…’ को भिडियो सार्वजनिक गरिएको छ ।

रचना पछिल्लो समय चर्चामा रहेकी गायिका हुन भने अविनाश उदाउँदै गरेका गायक हुन् । गीतलाई गायक अविनाशसँगै अजय कार्कीले लेखेका हुन् । जसमा संगीत अविनाश आफैंले गरेका छन् ।

सुनिल राईको संगीत संयोजन रहेको गीतमा राजेश श्रेष्ठले रेकर्डिङ तथा किशोर थापाले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई अजय कार्की स्टल नं. २५६ च्यानलबाट रिलिज गरिएको छ ।

म्युजिक भिडियोमा मोडल रञ्जित सिञ्जाली मगर र धनमाया सोती मगरले अभिनय गरेका छन् । रञ्जित आधा दशकदेखि म्युजिक भिडियो मोडलका रुपमा स्थापित छन् भने धनमाया पछिल्लो समय टिकटकमा लोकप्रिय छिन् ।

प्रतिक्रिया
सम्बन्धित