शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अर्थमन्त्री शर्माको दाबी : नेपालको अर्थतन्त्रमा सङ्कट होइन चुनौती छ

दैनिक नेपाल २०७९ मंसिर १५ गते १६:४५

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कट छ भन्नु बुझाइमा कमजोरी भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताएका हुन् ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पार्नुभयो । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

अहिलको अवस्थामा अर्थतन्त्रमा देखिएका केहि चुनौतीहरुलाई सामना गर्न निजी क्षेत्रको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे । अर्थमन्त्री शर्माले निर्वाचन सफलतापूर्वक सम्पन्न भइरहेको अवस्थामा अब अर्थतन्त्रको बहस सुरू भएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले आवश्यक कदम चालेकाले सकारात्मक नतिजाहरु देखा पार्न थालेको बताए । गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए ।

बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए ।

त्यस्तै महामन्त्री गगनकुमार थापा, एमाले उपाध्यक्ष विष्णु पौडेल लगाएतले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित