शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

हाम्रो कला र संस्कृतिले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाएको छ : प्रधानमन्त्री

दैनिक नेपाल २०७९ मंसिर १५ गते १५:३१

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउनका लागि प्रतिवद्ध हुनु आवश्यक रहेको बताएका छन् ।

आज बिहीबार काठमाडौंमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउन प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।

उनले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवम् नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताए । कला र संस्कृतिको सृजनाको संरक्षण र सम्वद्र्धन गर्न सरकार पनि प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । देउवाले कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले नयाँ पुराना कलाकृतिको संरक्षण गर्दै मुलुकलाई विश्वसामू चिनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित