शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

स्मार्ट सेलले ल्यायो ‘स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान’

दैनिक नेपाल २०७९ मंसिर १३ गते १९:४४

काठमाडौं, १३ मंसिर । स्मार्ट सेल नेटवर्क युवा पुस्ता माझ आफ्नो लोकप्रियता बढाउँदै गइरहेको छ ।

सस्तो दरमा लामो टक टाइम र फास्ट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको स्मार्ट सेल आफ्नो फास्ट फोर–जी नेटवर्कको कारणले गर्दा डाटा चलाउन मन पराउनेहरु माझ पहिलो रोजाईमा पर्दै आइरहेको छ ।

सोही डाटा चलाउन मन पराउने ग्राहकको लागि भनेर स्मार्ट सेलले ल्याएको छ स्मार्ट सेल अनलिमिटेड नाइट डाटा प्लान । यो डाटा प्लान आन्तर्गत मात्र रू. १९ मा ग्राहकहरुले राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड डाटा चलाउन सक्ने छन् ।

यो डाटा प्लानमा ग्राहकले फास्ट फोर–जी नेटवर्क मार्फत सोसल मिडिया चलाउन, वेब सर्फीन्ग गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा अन्य प्रयोजनको लागी प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यो योजनाले ग्राहकहरुलाई डाटा र मेन ब्यालेन्स कम हुने चिन्ताबाट मुक्त गरी ढुक्कसँग नेट चलाउने वातावरण दिनेछ ।

प्रतिक्रिया
सम्बन्धित