१ कार्तिक २०८३, आइतबार

गठबन्धन दलहरूले सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्न खोजे : अध्यक्ष ओली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलले सत्ताको दुरुपयोग गर्दै निर्वाचन जित्न खोजेको आरोप लगाएका छन् ।

एमालेको भ्रातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चले मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अहिलको निर्वाचनमा धाँधली भएको भन्दै सत्ताको दुरुपयोग गर्दै गठबन्धनले निर्वाचन जित्न खोजेको आरोप लगाएका हुन् ।

उनले निर्वाचनका क्रममा कतिपय स्थानमा एमालेका कार्यकर्तामाथि दमन गरेको र नागरिकलाई समेत मतदान गर्नबाट वञ्चित गरेको जिकिर गरे । निर्वाचनमा आतंक सृजना गरेर बुथ कव्जा गर्ने कोशिस समेत भएको ओलीले बताए ।

उनले राज्यको काम जनताको अधिकारको सुरक्षा गर्ने भए पनि लुटेराको पक्षमा लागेर लोकतन्त्रको चिरहरण गर्ने काम भएको धारणा व्यक्त गर्दै दलाल प्रतिक्रियाबादी सत्तामा रहेकै कारण निर्वाचनमा मान्छे मार्दा पनि कोही नबोलेको ओलीको भनाइ छ ।

त्यस्तै ओलीले सुकुम्बासीमाथि राज्यबाट गरिएको व्यवहार लोकतान्त्रिक आचरणविपरीत भएको बताए । नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी देशको शत्रु नभएको भन्दै उनले अनावश्यक बल प्रयोग गर्नु उचित नभएको धारणा व्यक्त गरेका छन् ।

उनले नेपालको सांस्कृतिक फाँटले जुनसुकै क्षेत्रमा पनि राम्रा संस्कृतियुक्त काम गर्न प्रेरणा दिनुपर्ने बताए । कार्यक्रममा मञ्चले अध्यक्ष ओलीलाई सम्मान गरेको थियो ।