शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रवि लामिछानेको पार्टीले कहाँबाट ल्यायो घण्टी चुनाव चिह्न, ओलीले गरे खुलासा !

दैनिक नेपाल २०७९ मंसिर १३ गते १६:२७

काठमाडौं, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अमेरिकाको फ्रिडम पार्टीको सिको नेपालमा गरेको बताएका छन् ।

अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको त्यस्तै रविको पार्टीले प्रयोग गरेको भन्दै ओलीले यो विषय संयोग मात्रै होला कि केही होला भनेर प्रश्न पनि गरेका छन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले ओलीलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कस्तो संयोग होला ? धेरै नभनौँ होला, संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिह्न घण्टी छ । दुरुस्त आकारको घण्टी यहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’

प्रतिक्रिया
सम्बन्धित