
गुल्मी, ११ मंसिर । गुल्मीमा प्रतिनिधि सभा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
आयोगद्वारा सार्वजनिक मतपरिणाम अनुसार तेस्रो दलको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापित भएको छ । स्वतन्त्र पार्टीले जिल्लाभर १२ हजार ५७९ मत प्राप्त गरेको छ । गुल्मी क्षेत्र नं १ मा ८ हजार ११६ र क्षेत्र नं २ मा ४ हजार २६३ मत रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै, एकीकृत समाजवादी पार्टीले क्षेत्र नं १ मा २५६ र २ मा १ हजार ६०३ मत प्राप्त गरेको छ । छोटो समयमै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पछाडि पारेर राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय मत बटुलेको छ ।
नेकपा एमालेलाई सवैभन्दा बढी मत
प्रतिनिधि सभा समानुपातिकतर्फ नेकपा एमालेलाई सबैभन्दा बढी मत प्राप्त भएको छ । मत परिणाम अनुसार ५३ हजार ५८३ मत प्राप्त गरेर एमाले पहिलो दल बनेको छ । एमालेले क्षेत्र नं १ मा २८ हजार ४५३ र क्षेत्र नं २ मा २५ हजार १३० मत प्राप्त गरेको हो ।
त्यस्तै दोस्रो दलको रूपमा नेपाली कांग्रेसले ४१ हजार ८६४ मत प्राप्त गरेको छ । क्षेत्र नं १ मा २३ हजार ४१३ र क्षेत्र नं २ मा १८ हजार ४५१ मत प्राप्त गरेको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले ११ हजार ६८७ मत प्राप्त गरेको छ । क्षेत्र नं १ मा ६ हजार २५० र क्षेत्र नं २ मा ५ हजार ४३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राम बहादुर कुँवरले जानकारी दिए ।















प्रतिक्रिया