
काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
आज आइतबार उनी बालकोटस्थित ओली निवासमा पुगेर ओलीलाई भेटेका हुन् । ओली र सिंहबीच भेटवार्ता भएको तस्वीर सार्वजनिक भए पनि भेटमा के विषयमा छलफल भयो भनेर केही खुलाइएको छैन ।
निर्वाचनको मतपरिणाम करिब आइसकेर दलहरूको राजनीतिक हैसियतको चित्र तयार भइरहेको तथा नयाँ सरकार गठबनको चर्चा सुरू भएका बेला सिंहले गरेको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
चुनावपछि पनि गठन्धनलाई निरन्तरता दिने नेताहरूले बताउँदै आए पनि गठबन्धनकै नेताहरू एमालेसँगको दूरी घटाउन तल्लिन भएको घटनाक्रमहरूले देखाइरहेको छ ।















प्रतिक्रिया