१ कार्तिक २०८३, आइतबार

धरानका मेयर हर्क साम्पाङ भन्छन्– काठमाडौंका मेयर बालेनसँग छमछमी नाच्ने मन छ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अर्थात बालेनसँग छमछमी नाच्ने इच्छा व्यक्त गरेका छन् ।

यी दुई मेयरबीच राम्रो सम्बन्ध नभएकोबारे चर्चा भइरहेको बेला साम्पाङले आफूहरूबीच कुनै तिक्तता नरहेको धारणा सार्वजनिक गर्दै बालेनसँग नाच्ने इच्छा व्यक्त गरेका हुन् ।

आज आइतबार साँझ फेसबुकमा लेख्दै मेयर साम्पाङले भनेका छन्, ‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला !’