शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

दैनिक नेपाल २०७९ मंसिर ११ गते १६:३६

काठमाडौं, ११ मंसिर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

नयाँ भवनमा पूजापाठ गरी आज आइतबारदेखि बैंकिङ्ग कारोबार सञ्चालनमा ल्याइएको हो । हाल कर्णाली प्रदेशअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका–५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दूरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बैंकले ९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरु प्रदान गर्दैै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थान्तरण गरिएको शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको जनाइएको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब १५ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित