१ कार्तिक २०८३, आइतबार

देउवाले पत्याएका कांग्रेस सह–महामन्त्री डिनालाई मकवानपुरका मतदाताले किन पत्याएनन ?

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ११ मंसिर । मकवानपुरमा प्रत्यक्ष र समानुपातिक मतगणना सकिएको छ ।

मतदाताले आाफ्नो मत दिएर मकवानपुरमा नेकपा एमालेका २, नेकपा माओवादीका २, नेपाली कांग्रेसका १ र राप्रपाका १ जना उम्मेदवारलाई विजयी गराएका छन् ।

मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह, मकवानपुर–१ (१) मा माओवादीका प्रेमबहादुर पुलामी, मकवानपुर–१ (२) मा एमालेका एकालाल श्रेष्ठ, मकवानपुर–२ मा एमालेका महेश वर्तौला, मकवानपुर–१ (१) मा माओवादीकी कुमारी मोक्तान, मकवानपुर–१ (२) मा कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

तर, मकवानपुरमा हेभी वेट भनिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पराजित भएका छन् । थापा एमालेबाट उठेपनि उनको आफ्नै पार्टीको जनाधार करिब शुन्य भएका कारण एमालेको मात्रै मतले नपुग्दा पराजित भए । पराजित भएपनि उनले कसैलाई पनि दोष दिएनन् ।

तर स्थानीय तहमा गठबन्धनबाट कांग्रेसले राम्रो उपस्थिति बनाएको मकवानपुर क्षेत्रमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पत्याएकी महालक्ष्मी उपाध्याय डिनाले पराजय व्यहोर्नु पर्‍यो । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसकै बलियो उपस्थिति रहेको क्षेत्र र नेकपा एकीकृत समाजवादीको समेत साथ पाउँदा पनि कसैको साथ बिना एक्लै लडेका राप्रपाका सिंहसँग २ हजार ३८२ मतान्तरले पराजित भएकी छिन् ।

सिंहले २७ हजार ८१६ मत ल्याउँदा देउवाले पत्याएका र गठबन्धनको साथ पाएकी डिनाले २५ हजार ४३४ मात्रै मत ल्याइन् । उनी कमल थापा भन्दा १४ मत मात्रै बढी ल्याएर तेस्रो हुनबाट जोगिइन् । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन २०४८ मा नै डिनाले मकवानपुर–२ मा टिकट पाएर नेकपा (एमाले) का विरोध खतिवडासँग पराजित भइन् । त्यसपछि पनि २०५१ र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट पाउँदा समेत उनै खतिवडासँग हारिन् ।

यसअघि मकवानपुर क्षेत्र नम्बर २ बाट निरन्तर पराजित डिनाले यसपटक भने गठबन्धनले स्थानीय तहमा ल्याएको मतको लोभमा परेर देउवा समूहकै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले पाउने पक्का भएको टिकट खोसिन् ।

बानियाँले २०७४ को निर्वाचनमा टिकट पाउने पक्का भएपछि कमल थापालाई अन्तिम समयमा टिकट छोड्नु परेकोमा यसपटक पाउने पक्का हुँदा बानियाँलाई छेक्दै डिनाले निरन्तर लड्दै आएको क्षेत्र मकवानपुर–२ छोडेर मकवानपुर–१ मा आफू र मकवानपुर– १ (ख) मा आफ्नो प्रिय पात्र नेपाली कांग्रेस मकवानपुरका पराजित सभापति आनन्दराम पराजुलीलाई प्रदेशमा टिकट दिलाएर उठेकी थिइन् ।

प्रतिनिधिसभाको उम्मेदवार बन्नुपर्ने माग भएका बानियाँलाई प्रदेशको उम्मेदवारमा सीमित गर्दा उनलाई ब्याकफायर भयो । शेरबहादुरबाट सिधै आर्शीवाद पाएका डिना र पराजुली दुबैलाई कार्यकर्ताले त भोट दिए तर सर्वसाधारण मतदाताले पत्याएनन् ।

यस्तो थियो अंकगणित

मकवानपुर क्षेत्र नम्बर १ मा गएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गठबन्धनकी डिना बलियो थिइन् । मकवानपुर–१ मा बागमती, बकैया, हेटौंडाको वडा नम्बर १५ र मकवानपुरगढीको वडा नम्बर १ देखि ४ सम्म गरी ४० वडा पर्छन् ।

यो क्षेत्रमा स्थानीय निर्वाचनमा राप्रपा नेपालले समर्थन गरेको एमालेले सबैभन्दा बढी १५ वटा वडा जित्यो तर कुनै पनि पालिका जित्न सकेन । कांग्रेसले २ पालिकासहित १२ वटा वडा जित्यो ।

माओवादीले १ पालिकासहित १२ वटा वडा जित्दा नेकपा एकीकृत समाजवादीले १ पालिका र एउटा वडामात्र जित्यो । स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत ३८ हजार ६५ छ । राप्रपाले ४ हजार २८ मत ल्याएको निर्वाचन आयोगको तथ्यांकमा छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ७२ मत प्राप्त गर्दा माओवादीले १६ हजार ११७ र एकीकृत समाजवादीले ३ हजार २८३ मत ल्याएको छ ।

डिनासँग कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि मत छ । स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा डिनासँग ५५ हजार १३५ मत रहेको छ । उक्त मत विश्लेषणमा गठबन्धन १६ हजार १ सय ३४ मतले अगाडि रहेको देखाउँछ ।

क्षेत्र १ मा एमालेको मत ३९ हजार १ रहेको विश्लेषण गठबन्धनको छ । राप्रपा नेपाल हालसम्म निर्वाचनमा परीक्षणमा नगएको हुँदा उसको मतको यकिन छैन। मकवानपुरमा राप्रपा नेपालको संगठन करिब शुन्य छ ।

अंकगणितमा बलियो हुँदै गर्दा डिनाको हार किन ?  यस्ता छन् ६ कारण

अंकगािण्तमा बलियो हुँदै गर्दा पनि कांग्रेस सहमहामन्त्री उपाध्याय र उनका प्रिय पात्र पराजुली हारबारे उनी समर्थकहरूले सामाजिक सञ्जालमा सिधै बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलाई दोष लगाउन सुरू गरेका छन् । फरक क्षेत्रको प्रदेशतर्फबाट उम्मेदवार बनेका बानियाँ समेत बानियाँ १ हजार ७८२ मतान्तरले एमालेका लालबहादुर थापासँग विजयी भएका थिए । नेताले पत्याए पनि जनताले नपात्याउनुमा ‘डिना टिम’ को यस्तो कारण कार्यकर्ता र मतदाताहरूले औंल्याइरहेका छन् ।

१. पार्टी राजनीतिमा सधैं केन्द्रमा सभापति देउवाको निकट पात्र बनेर काम गरेपनि तल्लो तहका कार्यकर्तामा नभिज्नु । नेताको वरीपरी घुमेर राज्यमन्त्री र पार्टीको पदाधिकारीमा पुगिसक्दा पनि कार्यकर्तामाझ अनुमोदिन हुन कहिल्यै नआउनु । जिल्ला भन्दा बढि काठमाडौं बस्ने भएकाले कार्यकर्ताको पहुँच कम हुनु र कार्यकर्ताका समस्यामा काम नगर्नु ।

२. केन्द्रीय नेताहरूसँगको निकटताको दुरूपयोग गर्दै जिल्लामा आफ्नै गुट भित्र पनि ‘डिना टिम’ बनाएर बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँविरुद्ध पार्टीका पछिल्ला २ अधिवेशन र संसदीय निर्वाचनमा घेराबन्दी गर्नु । आफूनिकट आनन्दराम पराजुलीलाई देउवा समूहमा दरार ल्याउन बानियाँको निकट हुन लगाई अन्तिममा टिमभित्रबाट सहमति हुन नदिई एकपक्षीय रूपमा उम्मेदवारी उठाउनु, पहिलो चरणको हारपछि दोस्रो चरणमा केन्द्रको दबाबपछि पराजुलीलाई व्याक गराउनु । जनतामा विकासप्रेमी छवि बनाएर बानियाँलाई राजनीतिक रूपमै सिध्याउन सर्वसाधारणले नै थाहा पाउने गरी खुलमखुल्ला लाग्नु । क्रियाशील वितरणमा पराजुलीलाई प्रयोग गरेर शेखर कोइराला पक्षधर देउवा समूहभित्र पनि आफू निकट बाहेकलाई क्रियाशीलमा कडाई गरेर विभिन्न स्थानीय तह र वडामा विवाद उत्पन्न गराउनु ।

३. सधैं देउवाको निकट भई केन्द्रमा मात्रै नेताहरू रिझाउने र मकवानपुरको विकासमा काम नगर्ने नेताको छवि मतदातामा रहनु । खोज्दा र भेट्न चाहदा नभेटिने, गाउँ समाजमा पुग्ने भन्दा हेटौंडा आएको बेला आफ्नो निवासमा आफ्ना प्रशंसक कार्यकर्ताहरूसँग मात्रै गोलमेच र पार्टीभित्र गुटबन्दीको काम गर्ने । भूगोलमा कम पुग्ने र आफुले संचालन गरेर सहकारीको अध्यक्षको रूपमा मात्रै आफूलाई प्रस्तुत गर्ने स्वभाव । आफ्नो हित अनुकुल बेलाबखत महिला अधिकारको कुरा गर्ने तर देशमा महिला हिंसाका जघन्य घटना हुँदा सशक्त धारण र भूमिका निर्वाह नगर्ने ।

४. चुनावी अभियानका क्रममा रणनीति निर्माणमा असफल हुनु । ईन्द्रबहादुर बानियाँ निकटका जिल्लोदेखि तल्लो तह र पुराना नेता कार्यकर्तालाई पूर्ण रूपमा वेवास्ता गरी सानो घेरामा परिचालित हुनु । आफू भन्दा फरक समूहका नेता कार्यकर्तालाई पनि अभियानबारे सूचना कम पुर्‍याउनु । पार्टी चुनावको शैलीमा गोप्य ढंगले काम गर्नु । यसअघि बिरलै पार्टी कार्यक्रममा जाने र कार्यकर्ता भेट्ने गरेकी उनी पहिलो पटक मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बन्दा आफ्नै कार्यकर्ताले उनलाई नचिन्नु । बानियाँ त्यस क्षेत्रमा उठ्नुपर्ने तल्लो तहका नेता कार्यकर्ता र जनताको आकांक्षाविपरीत देउवाको आर्शीवादमा टिकट ल्याउँदा इमान्दार कार्यकर्ता र विकासको अपेक्षा राखेका सर्वसाधारण रिसाउनु ।

५. पूर्वी मकवानपुरमा विकासका लागि सिन्को नभाच्नु र ईन्द्रबहादुर बानियाँले गरेको विकासको कामलाई अपनत्व लिएर प्रचारप्रसारमा जान नसक्नु ।

६. बानियाँले २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–१ जितेर मा बनाएको संगठनको बलमा बागमती र बकैया गाउँपालिकाबाट करिब ४ हजार मतको अग्रताका साथ आउँदा पनि उनकै प्रिय पात्र पराजुली नगर सभापति भएको मकवानपुर–१ (ख) मा रहेका वडाहरूमा मतगणना हुँदा जनमत घट्दै २ हजार ३८२ मत ऋणात्मक हुनुमा उनी रहेको हेटौंडा–२, हेटौंडा–५ जस्ता वडामा कांग्रेसको तुलनामा राप्रपामा मत जानु ।

साथै, स्थानीय तहको निर्वाचनमा मेयरको टिकट आफुले नपाएपछि डिनकै बलमा गठबन्धनको विपक्षमा उभिएर राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहको मत बढाउन भित्री रूपमा पराजुली र उनका विश्वासपात्रहरूलाई गर्नु । त्यसकै बलमा सिंहले याईरहेको २० हजार ५ सय ३१ मत ल्याए । अहिले डिना र आनन्द टिमले सिंहलाई बढाईएको भोटको ‘खाल्डो’ गहिरो भई आफ्नै हार्ने खाल्डो बन्यो ।