
काठमाडौं, १० मंसिर । सिभिल बैंकको मुख्य शाखासहित ३६ स्थानका ५९ वटा शाखा कार्यालयले एकसाथ रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ९८४ पिन्ट रगत सङ्कलन भएको बताइएको छ ।
बैंकले प्रदेश नं. १ का बिराटनगर, पुष्पलालचोक, दुहबी, इटहरी, बिराटचोक, बिर्तामोड, अर्जुनधारा र धरान शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
यस्तै, बागमती प्रदेशका मुख्य शाखा, न्युरोड, बाङ्गेमुढा, त्रिपुरेश्वर, बनेपा, धुलिखेल, पाटन सुन्धारा, दौबहाल, जावलाखेल, कुमारीपाटी, नयाँ बानेश्वर, मध्य बानेश्वर, कमलादी, अनामनगर, पुतलीसडक, बौद्ध, चाबहिल, कपन, अत्तरखेल, कुलेश्वर, भिमसेनस्थान, टाँडी, खुरखुरे, नारायणगढ, पार्वतीपूर, गोंगबु, कीर्तिपुर, स्वयम्भू, सुर्यविनायक, टोखा, नखिपोट, गोठाटार, हेटौडा र सिन्धुर्ली कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।
त्यस्तै, गण्डकी प्रदेशका शिवचोक, पोखरा, कावासोती, लेखनाथ, दमौली तथा मधेश प्रदेशका वीरगञ्ज, जनकपुर र गोलबजार शाखाले पनि रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
यसैगरी लुम्बीनी प्रदेशका भैरहवा, बुटवल, मणीग्राम, घोराही, नेपालगञ्ंज र लमही तथा सुदूरपश्चिम प्रदेशका धनगर्ढी, लम्कीचुहा र महेन्द्रनगरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।















प्रतिक्रिया