शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भएको भेटवार्ताको सङ्केत के हो ?

दैनिक नेपाल २०७९ मंसिर १० गते २१:१०

काठमाडौं, १० मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

राजदूत श्रीवास्तवले आज शनिबार प्रचण्ड निवास खुमलटारमै पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा छलफल भएको बताइएको छ । तर, निर्वाचनको परिणाम आइरहेको अवस्थामा राजदूत श्रीवास्तवको यो सक्रियतालाई नेपाली राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका थिए । श्रीवास्तवसँगको गोप्य वार्तालगत्तै प्रधानमन्त्री देउवाले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

दुई दिनयता भारतीय राजदूत श्रीवास्तवले नेपाली राजनीतिक वृत्तमा बढाएको सक्रियताले आगामी सरकार गठनमा भारतले हस्तक्षेप गर्ने आँकलन गर्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित