शनिबार, १४ माघ २०७९
DainikNepal.com
शनिबार, १४ माघ २०७९

सञ्चारमाध्यमलाई कारबाही गर्ने माओवादी केन्द्र दोलखाको धम्की

दैनिक नेपाल २०७९ मंसिर १० गते १६:३९

दोलखा, १० मंसिर । नेकपा मावादी केन्द्र दोलखाले अनलाइन सञ्चारमाध्यमहरुलाई कारबाही गर्ने धम्की दिएको छ ।

दोलखा र काठमाडौंबाट सञ्चालित अनलाइन सञ्चारमाध्यमले आफ्नाविरुद्ध आधारहीन समाचार लेखेको आरोप लगाउँदै माओवादी केन्द्रले कारबाहीको धम्की दिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी केन्द्रले साझावोली, दैनिक नेपाल, दर्पण सञ्चार, कान्तिपथलगायत अनलाइन र त्यसका सम्पादकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको बताएको छ ।

लगातार लामो समयदेखि एकोहोरो माओवादीविरुद्ध मात्रै समाचारको नाममा जथाभावी आधारहीन कुराहरू लेखेर जनतालाई भ्रमित पारेको दाबी माओवादी केन्द्र दोलखाको छ ।

माओवादी केन्द्रले अनलाइन सञ्चारमाध्यमको नामै किटेर कारबाहीको धम्की दिए पनि मााओवादीजिरुद्ध कुन–कुन समाचार आधारहीन थिए भन्ने विषय प्रष्ट पारेको छैन । चित्त नबुझेको समाचारको विषयमा आमसञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ ।

तर, माओवादी केन्द्रले भने अनलाइन र त्यसमा आवद्ध सञ्चारकर्मीलाई सामाजिक सञ्जालमा स्टाटस लेखेर धम्की दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित