शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चलचित्र ‘डेसान’को ट्रेलरमा भोला, नम्रता, निशान र पुनमको लुकामारी (भिडिओ)

दैनिक नेपाल २०७९ मंसिर १० गते १६:०९

काठमाडौं, १० मंसिर । सामाजिक विषयमा निर्माण गरिएको चलचित्र ‘डेसान’को ट्रेलर सार्वजनिक गरिएको छ ।

मंसिर २३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको करिब पौने २ मिनेट लामो ट्रेलरमा नारी सम्वेदना, पारिवारिक प्रेम, धोखा तथा बिखण्ड र असमझदारीको कथा प्रस्तुत गरेको देखिन्छ ।

कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय छ । चलचित्रका सबै प्रमुख कलाकार समेटिएको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ ।

कोरोना महामारीको त्रासादीकालमा निकै सकसका साथ छायांकन गरिएको यो चलचित्रले दर्शकलाई नौलो स्वाद पस्कने दाबी निर्देशक मगरको छ । निकै असहज परिस्थितमा छायांकन गरिएको चलचित्रप्रति यसका कलाकारहरु पनि आशावादी छन् । अभिनेत्री नम्रता र अभिनेता भोला सापकोटाले ‘डेसान’ हरेक परिवार तथा समाजको कथा भएकाले सबैले हेर्नुपर्ने दाबी गर्ने गरेका छन् ।

यही चलचित्रबाट ठूलो पर्दामा प्रस्तुत भएका नवअभिनेता निशान र अभिनेत्री पुनम पनि दर्शकको माया पाउनेमा विश्वस्त छन् ।

पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रविशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ ।

मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित