बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

मुलुक राजनीतिक अस्थिरताको भूमरीमा परेको छ : प्रकाशमान सिंह

दैनिक नेपाल २०७९ मंसिर १० गते १५:५१

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले मुलुक राजनीतिक अस्थिरताको भूमरीमा परेको बताएका छन् ।

मतदातालाई धन्यवाद दिन आज शनिबार विभिन्न स्थानमा पुगेका नेता सिंहले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई जनताले म्याण्डेट नदिदा मुलुक अस्थिरताको भूमरीमा परेको बताएका हुन् ।

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान यसअघिको प्रतिनिधिसभामा कांग्रेसले म्याण्डेड नपाएकै कारण अरु दलहरुले आवश्यक कानून बनाउन नसकेको र मुलुक राजनीतिक अस्थीरताको भूमरी परेको उनको भनाइ छ ।

संविधानको रक्षा गर्दै कार्यान्वयन गर्न अब विशेष ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिँदै उनले संविधानलाई कमजोर गर्ने शक्तिहरु अहिले पनि सक्रिय भएको जिकिर गरेका छन् । यसैतै, तीनै तहको सरकारलाई बलियो बनाएर काम गर्न दिन आवश्यक कानून बनाउनेदेखि विकास निर्माण लगायतका काम सम्पन्न गर्न गठबन्धन मिलेर अघि बढ्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित