शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

१२ कार्यक्रमसहित सिभिल बैंकले मनायो १२औं वार्षिकोत्सव (फोटो फिचर)

दैनिक नेपाल २०७९ मंसिर १० गते १५:३१

काठमाडौं, १० मंसिर । सिभिल बैंकले विभिन्न १२ वटा कार्यक्रमसहित संस्थाको १२औँ वार्षिकोत्सव मनाएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ६ स्थानमा ‘गो क्यासलेस’ अभियान सञ्चालन गर्नाका साथै जावलाखेल शाखामा प्रायोरीटी बैंकिङ सेवाको उद्घाटन तथा याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ गरेको छ ।

यस्तै, बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना, जेहन्दार छात्रालाई छात्रवृत्ति प्रदान र वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरेको छ । त्यस्तै कात्तिक नाच, नेपाल बाल संगठन, नि:सहाय सहयोग परिषद, राष्ट्रिय आविस्कार केन्द्र र अपाङ्गता संरक्षण नेपाललाई बैंकले आर्थिक सहयोग प्रदान गरेको छ ।

यसैगरी, बेगनाश तालमा लाइफ ज्याकेट हस्तान्तरण गरिएको पनि बैंकले जानकारी दिएको छ ।

रू. ९५.२३ अर्ब निक्षेप सङ्कलन गरी करिब रू. ८७.४० अर्ब ऋण लगानी गरेको सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष र १० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरूलाई अभिनन्दन गरेको छ ।

बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा रू. ४१.५१ करोड खुद मुनाफा कमाउन सफल भएको बताएको छ । बैंकले हाल ११५ शाखा तथा १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटीएममार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

हेर्नुस् वार्षिकोत्सव कार्यक्रमका केही तस्वीहरू–

 

प्रतिक्रिया
सम्बन्धित