बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेशनल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता प्रशिक्षण

दैनिक नेपाल २०७९ मंसिर १० गते १४:४४

काठमाडौं, १० मंसिर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको डडेलधुरामा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा कम्पनीको डडेलधुरा कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताको सहभागिता थियो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरूमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरूलाई अझ बढी व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताए ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख बिवेक शर्माले सहभागी अभिकर्ताहरूलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी डडेलधुरा शाखाबाट चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरे ।

कम्पनीको डडेल्धुरा शाखा प्रमुख कृष्ण दत्त पन्तको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमम एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित