शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अमिताभ बच्चनको नाम, फोटो र आवाज अनुमति बिना प्रयोग गर्न नपाइने

दैनिक नेपाल २०७९ मंसिर १० गते १४:३४

काठमाडौं, १० मंसिर । भारतीय अभिनेता अमिताभ बच्चनको नाम, फोटो र आवाज बिना अनुमति प्रयोग गर्न नपाइने भएको छ ।

दिल्लीको उच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गर्दै उक्त आदेश दिएको हो । अमिताभले व्यक्तित्व अधिकारको सुरक्षाका लागि अदालतमा मुद्दा दायर गरेका थिए ।

भारतीय साना तथा ठूला कम्पनीहरूले अमिताभको फोटो, आवाज र नामबिना अनुमति प्रयोग गर्ने गरेका छन्

अदालतले इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार सेवालाई पनि ति सामग्री हटाउन आदेश दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित