
काठमाडौं, १० मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
शनिबार बिहान पार्टीका नेताहरुसँग आफ्नै निवासमा छलफलपछि प्रचण्ड बालुवाटार पुगेर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका हुन् ।
मतपरिणाम सार्वजनिक भएपछि प्रचण्ड र देउवाबीच पहिलो पटक भेट भएको हो । दुई नेताबीच करिब १ घण्टा छलफल भएको हो । प्रचण्ड र देउवाबीच आगामी सरकार गठनका विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ ।
कांग्रेससँगको गठबन्धनबाट प्राप्त मतपरिणामबाट सन्तुष्ट नरहेका प्रचण्डले गठबन्धन तोडेर अन्य पार्टीसँग सहकार्य गर्न सक्ने आँकलनसमेत गर्न थालिएको छ ।















प्रतिक्रिया