४ कार्तिक २०८३, बुधबार

 बाँके–१ (२) मा एमालेका चौधरी विजयी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले १५ हजार छ सय ५७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाए । उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ ।

बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो ।

प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्र्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहेका थिए ।