४ कार्तिक २०८३, बुधबार

समानुपातिकतर्फको मतगणना जारी, १७ लाख बढी मतसहित एमालेको अग्रता कायमै

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार शनिबार बिहानसम्म समानुपातिकमा नेकपा एमालेको अग्रता कायम रहेको छ ।

मतगणनामा सुरुवातदेखि नै अग्रता लिइरहेको एमालेले शनिबार बिहानसम्म १७ लाख १८ हजार १२३ मत पाउँदै शीर्ष स्थानमा रहेको आयोगले जनाएको छ ।

यसैगरी, नेपाली कांग्रेस १६ लाख ४९ हजार २९२ मतसहित दोस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी ७ लाख ५० हजार ७५७ मतसहित तेस्रो स्थानमा रहेको आयोगले जनाएको छ ।

नेकपा माओवादी ७ लाख २९ हजार २६५ मतसहित चौथो स्थानमा रहेको छ भने राप्रपा ३ लाख ८३ हजार ४७० मतसहित पाँचौ स्थानमा रहेको छ ।