१ कार्तिक २०८३, आइतबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा पाँच अर्ब तीन करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्ब रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।

यो भुक्तानी नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीले दाबी गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गर्नका लागि आफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढ तथा प्रविधिमैत्री बनाएको बताएको छ ।

कम्पनीले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । उनका अनुसार प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दाबी भुक्तानी गर्न कम्पनी कटिबद्ध छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ । सम्पूर्ण कागजात प्राप्त भएलगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने जानकारी सीईओ पराजुलीले बताए ।

२०७९ असोज मसान्त सम्ममा कम्पनीको लगानी रू. १४९.७६ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्व ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्र्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाख १२ हजार ३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको तथा कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १९७ वटा कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको बताइएको छ ।

साथै, कम्पनीले हालसम्म रू. १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।