शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

रूपन्देही-२: मतगणना पुन: सुरु गर्न आयोगको निर्देशन

दैनिक नेपाल २०७९ मंसिर ९ गते १८:१०

काठमाडौं, ९ मंसिर । निर्वाचनपछि मुचुल्का गरिएको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगाएतका दलहरुले बिरोध गरेपछि रुपन्देही २ मा रोकिएको मतगणना पुन: सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

मतपेटिकामा भएको मतलाई आधिकारिक मत मानेर मतगणना पुन सुरु गर्न आयोगले निर्देशन दिएको हो । बिहान बजेबाट रोकिएको मतगणना आयोगको निर्देशनपछि पुन: सुरु गर्न लागिएको छ ।

गणनाका क्रममा सकेसम्म सबै पार्टीका प्रतिनिधि राख्न र सहमति हुन नसके कानून बमोजिम गणना गरेर नतिजा प्रकाशित गर्न आयोगले निर्देशन दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित