शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बाजुरा घटना: ५औँ दिनमा सन्दीप ऐडीको शव उठ्यो, चेतनको अझै उठ्न सकेन

दैनिक नेपाल २०७९ मंसिर ९ गते १४:५४

काठमाडौं, ९ मंसिर । मंसिर ४ गते निर्वाचनका दिनमा बाजुरामा प्रहरीको गोली लागेर मृत्यु भएको सन्दीप ऐडीको शब पाँचौ दिनमा बल्ल आफन्तले बुझेका छन् ।

त्रिवेणी नगरपालिका-७ स्थित दम्भा मतदान केन्द्रमा मतपेटिका खोस्ने प्रयास गरेपछि प्रहरीले चलाएको गोली लागेर ऐडीको मृत्यु भएको थियो ।

शुक्रबार उनका आफन्तले ६ दिनपछि लाश बुझेर दाह सस्कारका लागि जिल्ला अस्पतालबाट शव उठाएको प्रहरीले जनाएको छ । सोही क्रममा घरभित्र सुतेको अवस्था नेपाली कांग्रेसका कार्यकर्ताद्वारा हत्या गरिएका अनेरास्वबियुकाविद्यार्थी नेता चेतन ऐडीको शव भने उठ्न सकेको छैन ।

ऐडीको शव जिल्ला अस्पताल बाजुराको शवगृहमा राखिएको छ । हत्यामा सलग्नलाई कारबाहीको माग गर्दै बाजुरामा एमालेले आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित