
काठमाडौं, ९ मंसिर । पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार वसन्तकुमार नेम्वाङ्ग पुनः निर्वाचित भएका छन् ।
गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरे ।
नेम्वाङ्गले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।
नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।











प्रतिक्रिया