३ मंसिर २०८३, बिहिबार

बारा १ र ३ मा एमालेका उम्मेदवार विजयी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलैया, ९ मंसिर । बारा क्षेत्र नम्बर १ र ३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मतगण्नाको अन्तिम मतपरिणाम अनुसार बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका अच्युत मैनाली ३९ हजार १९५ मतसहित विजयी भएका हुन् ।

उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरे ।

यसैगरी, बारा ३ बाट एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन् । निर्वाचन अधिकृतको कार्यालय अनुसार २० हजार दुई सय ५१ मतसहित साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरे ।