३ मंसिर २०८३, बिहिबार

समानुपातिक मतगणना जारीः ९ लाख बढी मतसहित एमाले शीर्ष स्थानमा

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्ष स्थानमा छ ।  समानुपातिक तर्फको मतगणनामा एमालले सुरुवातदेखि नै अग्रता लिइरहेको छ ।

एमाले ९ लाख १५ हजार ९२९ मतसहित शीर्ष स्थानमा रहेको छ भने नेपाली कांग्रेस ८ लाख ८० हजार ६२७ मतसहित दोस्रो स्थानमा रहेको आयोगले जनाएको छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ४२ हजार ३५० मतसहित तेस्रो र नेकपा माओवादी केन्द्र ४ लाख ९ हजार ३२१ मतसहित चौथो स्थानमा रहेको छ ।