शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

के फेरि एमाले–माओवादी मिलेर सरकार बनाउँदैछन् ?

दैनिक नेपाल २०७९ मंसिर ८ गते २०:४२

काठमाडौं, ८ मंसिर । नेकपा विभाजनपछि पहिलोपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोनमा संवाद भएको घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।

दुई नेताबीच भएको टेलिफोन संवादको कुरा बाहिर नआए पनि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई चुनाव जितेकोमा बधाई दिएको भनिएको छ । नेकपा विभाजनपछि पहिलोपटक भएको यस निर्वाचनले एमाले र माओवादी दुबैलाई अनपेक्षित परिणाम दिएको छ भने दुई कम्युनिष्ट पार्टी जुधाएर काँग्रेसले फाइदा लिएको छ ।

अध्यक्ष ओलीले देउवालाई पनि फोन गरेका थिए । तर, पानी बाराबारको अवस्थामा रहेका ओली र प्रचण्डको कुराकानीलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेले प्रत्यक्षमा ४० सीट कटाउने देखिएको छ भने माओवादीले १५ सिट कटाउने अवस्था छ ।

समानुपातिकतर्फको सीट थपिँदा र राप्रपालाई पनि मिलाउँदा एमाले र माओवादीको सरकार बन्ने सम्भावना पनि छ ।

प्रतिक्रिया
सम्बन्धित