शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा दश तोला सुन विजेताको नाम सार्वजनिक

दैनिक नेपाल २०७९ मंसिर ८ गते १९:३७

काठमाडौं, ८ मंसिर । नेपाल वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले दशैँलक्षित सुनपती अभियानको विजेताका नाम सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार रेविका सुनुवारले बम्पर लक्की–ड्रमार्फत १० तोला सुन जितेकी छिन् । वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

नेपालमा पच्चीस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ‘दश तोला सुनपती, दश हप्तासम्म उपहार कति कति’ अभियान सुरू गरेको थियो । दश तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दश हप्तासम्म लक्की ड्रबाट दश दश जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् ।

अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् । वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरु बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित