शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मोरङ ५ मा योगेन्द्र मण्डल विजयी, गठबन्धनका साझा उम्मेदवार पराजित

दैनिक नेपाल २०७९ मंसिर ८ गते १९:०९

विराटनगर, ८ मंसिर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । मण्डलले २१ हजार ८२० मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत ल्याए ।

एमाले–जनता समाजवादी पार्टी (जसपा)का साझा उम्मेदवार बनेका जसपाका राजकुमार यादव भने तेस्रो भए । यादवले भने १७ हजार ३९० मत मात्रै ल्याए । एमालेबाट टिकट नपाएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित