शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बाँके-१: बहालवाला मन्त्रीलाई हराउँदै एमालेका सूर्य ढकाल विजयी

दैनिक नेपाल २०७९ मंसिर ८ गते १८:३१

काठमाडौं, ८ मंसिर । बाँके क्षेत्र नम्बर १ बाट मन्त्री महेश्वर गहतराजलाई पराजित गर्दै एमालेका सूर्य ढकाल विजयी भएका छन् ।

गठबन्धनकातर्फबाट उम्मेदवार रहेका युवा तथा खेलकुदमन्त्री गहतराज ५ हजार बढी मतान्तरले पराजित भएका हुन् ।  निर्वाचित भएका ढकालले २५ हजार २६ मत पाए भने पराजित मन्त्री गहतराजले १९ हजार ६ सय ३२ मत पाए ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरी ११ हजार ४ सय ६५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया
सम्बन्धित