शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नवनिर्वाचित सांसद योगेश भट्टराईद्वारा प्रमाणपत्र ग्रहण

दैनिक नेपाल २०७९ मंसिर ८ गते १७:२३

ताप्लेजुङ, ८ मंसिर । प्रतिनिधि सभामा ताप्लेजुङबाट निर्वाचित एमाले सांसद योगेश भट्टराईले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् ।

आज आयोजित एक कार्यक्रमबीच भट्टराई ताप्लेजुङकी मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश निर्मला योङयाबाट प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका हुन् ।

भट्टराईको साथमा प्रदेश सभा (१) मा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो (लिम्बु) र प्रदेश सभा (२) मा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य खगेनसिङ हाङगामले पनि निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन् ।

हिजो सम्पन्न ताप्लेजुङको मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भट्टराईले २१ हजार ९४६ मत ल्याएर निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई झिनो मतान्तरले पराजित गरेका थिए । बुढा क्षेत्रीले २१ हजार ७३८ मत प्राप्त गरे ।

सुरूवातीदेखि नै टक्कर भए पनि अन्तिम चरणमा योगेशले खेलप्रसादलाई पछि पार्दै बाजी मारेका हुन् । मतगणनाको सुरूवाती चरणबाटै योगेश झिनो मतले पछि परेका थिए । पछि फुङ्लिङ नगरपालिकाको मत गन्न थालेपछि भने योगेश अगाडि लागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित