शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अपेक्षा अनुसार नतिजा नआएपछि माधव कुमार नेपालले के भने ?

दैनिक नेपाल २०७९ मंसिर ८ गते १६:५७

काठमाडौं, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् ।

रौतहटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कमजोर नतिजा आएको र नतिजाले शिक्षा दिएको बताएका हुन् ।

उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङ्कन गर्दै भएका कमीकमजोरी सुधार गरी अघि बढ्ने धारणा व्यक्त गरेका छन् । अबको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै उनले समयको माग अनुसार सरकार बन्ने पनि बताए ।

जनताले आफूलाई इमान्दारीता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने अठोट उनले व्यक्त गरेका छन् ।

अध्यक्ष नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरे ।

यसअघि २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेका अध्यक्ष नेपाल २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित