शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देन निर्वाचित, कांग्रेसका सिटौला पुन: पराजित

दैनिक नेपाल २०७९ मंसिर ८ गते १६:३३

झापा, ८ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गर्दै आफू निर्वाचित बनेका हुन् । अध्यक्ष लिङ्देनले ४० हजार ६४८ मत ल्याएका छन् भने सिटौलाले ३७ हजार ३७२ मत पाए ।

सिटौला यसअघि २०७४ को निर्वाचनमा पनि लिङ्देनसँगै पराजित भएका थिए । त्यसबेला लिङ्देनले ४४ हजार ६१४ मत पाएका थिए भने पराजित सिटौलाले ३१ हजार १५९ मत पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित