बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

झापा–४ मा एमालेका एलपी साँवा लिम्बु विजयी, गठबन्धनका थेवे पराजित

दैनिक नेपाल २०७९ मंसिर ८ गते १४:३१

झापा, ८ मंसिर । झापाको निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी भएका छन् ।

लिम्बुले २९ हजार ३१५ मत प्राप्त गर्दै गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका देउमान थेवेलाई पराजित गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी थेवेले २२ हजार ४४८ मत प्राप्त गरे । विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै साँवा विजयी बनेका थिए ।

यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् । एक लाख २३ हजार १२४ मतदाता रहेको क्षेत्रमा ७९ हजार ४८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार ६४७ मत बदर छ ।

प्रतिक्रिया
सम्बन्धित