बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

कांग्रेस सहमहामन्त्री डिनालाई पराजित गर्दै राप्रपाका सिंह विजयी

दैनिक नेपाल २०७९ मंसिर ८ गते १३:४४

हेटौंडा, ८ मंसिर । मकवानपुर-१ बाट प्रतिनिधिसभामा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह विजयी भएका छन् ।

सत्तागठबन्धनबाट नेपाली कांग्रेस सहमहामन्त्री समेत रहेकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई पराजित गर्दै सिंह विजयी भएका हुन् ।

राप्रपाका सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्दा उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी डिनाले २५ हजार ४ सय २३ मत प्राप्त गरिन् ।

यसैगरी नेकपा एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित