शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

६५ क्षेत्रको नतिजा सार्वजनिक हुँदा कुन दलका उम्मेदवारले कहाँ–कहाँ जिते ? (सूचीसहित)

दैनिक नेपाल २०७९ मंसिर ८ गते ८:५६

काठमाडौं, ८ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

हालसम्म प्रतिनिधि सभातर्फ ६५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा आइसकेको छ । प्राप्त नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसले २५, नेकपा एमालेले १५, नेकपा माओवादी केन्द्रले ७, नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानमा जित हासिल गरेका छन् ।

हेर्नुहोस् सूची–

कांग्रेस–
१) काठमाडौं–१: प्रकाशमान सिंह
२) काठमाडौं–३: सन्तोष चालिसे
३) काठमाडौं–४: गगन थापा
४) काठमाडौं–५: प्रदीप पौडेल
५) काठमाडौं–१०: राजन केसी
६) मनाङ– टेकबहादुर गुरूङ
७) मुस्ताङ: योगेश गौचन
८) तनहुँ–२: शंकर भण्डारी
९) सुर्खेत–२: हृदयराम थानी
१०) ललितपुर–१: उदयशमशेर राणा
११) पर्सा–४: रमेश रिजाल
१२) डडेल्धुरा: शेरबहादुर देउवा
१३) रसुवा: मोहन आचार्य
१४) ओखलढुंगा: रामहरि खतिवडा
१५) झापा–१: विश्वप्रकाश शर्मा
१६) पर्सा–२: अजयकुमार चौरसिया
१७) अछाम–२: पुष्प शाह
१८) कञ्चनपुर–३: रमेश लेखक
१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू
२०) कैलाली–४: वीरबहादुर बलायर
२१) गोरखा–१: राजेन्द्र बजगाइँ
२२) म्याग्दी: खमबहादुर गर्बुजा
२३) कञ्चनपुर–२: एनपी साउद
२४) भक्तपुर–२: दुर्लभ थापा क्षत्री
२५) दैलेख–२: दिक्पालकुमार शाही

एमाले–
१) ललितपुर–२: प्रेमबहादुर महर्जन
२) काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ
३) उदयपुर–२: डम्बरबहादुर रायमाझी
४) गुल्मी–२: गोकर्ण बिष्ट
५) ताप्लेजुङ: योगेश भट्टराई
६) झापा–५: केपी ओली
७) झापा–२: देवराज घिमिरे
८) पर्सा–३: राजकुमार गुप्ता
९) अर्घाखाँची: टोपबहादुर रायमाझी
१०) प्यूठान: सूर्य थापा
११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ
१२) मकवानपुर–२: महेशकुमार बर्तौला
१३) कास्की–२: विद्या भट्टराई
१४) रूपन्देही–५: वासुदेव घिमिरे
१५) पर्वत: पदम गिरी

माओवादी–
१) सिन्धुली–२: लेखनाथ दाहाल
२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती
३) बाग्लुङ–२: देवेन्द्रराज पौडेल
४) सिन्धुपाल्चोक–१: माधव सापकोटा ’सुबोध’
५) रोल्पा: वर्षमान पुन
६) जाजरकोट: शक्ति बस्नेत
७) गोरखा–२: पुष्पकमल दाहाल ’प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)
१) अछाम–१: शेरबहादुर कुँवर
२) बारा–४: कृष्णकुमार श्रेष्ठ ’किसान’
३) बझाङ: भानुभक्त जोशी
४) डोटी: प्रेम आले
५) दैलेख–१: अम्मरबहादुर थापा
६) सल्यान– प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी
१) काठमाडौं–८: विराजभक्त श्रेष्ठ
२) काठमाडौं–२ : सोविता गौतम
३) काठमाडौं–७: गणेश पराजुली
४) काठमाडौं–६: शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१) बाँके–२: धवलशमशेर राणा
२) जुम्ला: ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी
१) कैलाली–३: गंगाराम चौधरी

जनमत पार्टी
१) सप्तरी–२: डा सिके राउत

जनता समाजवादी पार्टी (जसपा)
१) पर्सा–१: प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१) रूपन्देही–४: सर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा
१) बाग्लुङ–१: चित्रबहादुर केसी

स्वतन्त्र
१) बर्दिया–२: लालवीर चौधरी (रेशम चौधरीका पिता)

प्रतिक्रिया
सम्बन्धित