बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मकवानपुर-१: मतगणना नसकिँदै कमल थापाले हार स्वीकारे

दैनिक नेपाल २०७९ मंसिर ८ गते ८:३९

हेटौंडा, ८ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतगणना जारी रहँदै हार स्वीकार गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै थापाले पराजयलाई सहर्ष स्वीकार गरेको उल्लेख गरेका छन् । उनले आफुलाई मतदान गर्ने र सूर्युचिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद दिएका छन् ।

थापाले भनेका छन्ः

पराजयलाई सहर्ष स्विकार गर्दछु ।
हामीलाई मतदिनु हुने सबैमा आभार । 
‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद ।
चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु ।
देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु ।
२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ । प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो । व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ ।
सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ ।

जारी मतगणनमा यहाँको ७१ हजार ४७८ मतगणना भएको छ । जसमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवारी महालक्ष्मी उपाध्याय (डिना) २१ हजार ९१० मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनलाई थापाले २० हजार ६४८ मतसहित पछ्याइरहेका छन् ।

No photo description available.

सोही क्षेत्रमा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १९ हजार ७५६ मतसहित डिना र थापालाई पछ्याइरहेका छन् । यहाँको मतगणना रोचक हुँदै गएको छ । हेटौंडा उपमहानगर क्षेत्रमा राप्रपाका सिंहले अप्रत्यासित मतभार बढाउँदै लगेपछि सिंह निर्वाचित हुने सम्भावना बलियो देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित