१ कार्तिक २०८३, आइतबार

गोरखा–२ बाट दोब्बर बढी मतले प्रचण्ड विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ८ मंसिर । गोरखा–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोब्बर बढी मत ल्याएर विजयी भएका छन् ।

दाहालले २६ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीलाई हराउँदै दाहाल विजयी भएका हुन् । बुर्लाकोटीले १२ हजार ६३६ मत ल्याए भने एमालेका अब्दुस मिँयाले ७ हजार ३ सय ९२ मत प्राप्त गरेका छन् ।

अघिल्लो पटक चितवनबाट निर्वाचित भएका प्रचण्डले यस पटक गोरखा पुगेर उम्मेदवारी दिएका थिए ।