१ कार्तिक २०८३, आइतबार

चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्छु : प्रदीप पौडेल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभामा काठमाडौं–५ बाट निर्वाचित प्रदीप पौडेलले चुनावमा गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफू निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले जनताका समस्या समाधान र देशलाई अघि बढाउन यसअघि गरेका बाचा इमान्दारीका साथ पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले ढल, खानेपानी, प्रदुषणलगायत विभिन्न समस्याहरुलाई केन्द्रीय सरकारको योजनामा राखेर समाधान गर्ने जिकिर गरे । विकासका मुद्दाहरुलाई प्राथमिकताका साथ अघि बढाउने र राष्ट्रको जिम्मेवारीलाई पनि पूरा गर्ने उनले बताए ।

उहाले देशका महत्वपूर्ण मुद्दाहरुमा आफ्नो उपस्थिति देखाउने बताएका छन् ।